नारायणहिटी संग्रहालयको श्रीसदन सर्वसाधरणका लागि खुला

काठमाडौं : तत्कालीन राजा स्व. वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो ।

दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनासपछि उक्त सदन बन्द रहेको थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।

याे पनि पढ्नुस  नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा दिने तयारी

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधरणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो ।

श्रीसदन प्रदर्शनीकक्षको आज आयोजित एक कार्यक्रमकाबीच उद्घाट गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहासको एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए । ‘इतिहास कसैको दुस्मन हुँदैन, त्यो एउटा घटना हो । यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछ,’ उनले भने ।

याे पनि पढ्नुस  कोरोना त्रासः चिडियाखाना र नारायणहिटी संग्रहालय पनि बन्द

आधुनिक नेपालको एकीकरणमा राजतन्त्रको प्रगतिशील भूमिका अविस्मरणीय रहेको भन्दै मन्त्री भट्टराईले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास नारायणहिटी क्षेत्रभित्र रहने उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्