को-को हुन् सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गर्ने? (नामसहित)

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् ।

शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा ओली निकट कार्यकर्ताले पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेमाथि दुर्व्यवहार गरेका हुन् ।

कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका २० जना बढीको समूह बैठकस्थलमा प्रवेश गरी नाराबाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए ।

याे पनि पढ्नुस  तोकिएको मितिमा नेकपा केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना कम

नारबाजीपछि घटनामा संग्लन केही व्यक्तिबारे पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बरालसँगै कार्यक्रममा प्रवेश गरेका ८/१० युवाले कार्यक्रममा हल्ला गरेका थिए । प्रभा बराल राप्ती नगरपालिकाकी मेयर पनि हुन् ।

को-को थिए पाण्डे उपस्थित कार्यक्रममा नाराबाजी गर्ने व्यक्ति?

याे पनि पढ्नुस  मुकेश चौरसियाको हत्यामा संलग्न तिवारी भारतबाट पक्राउ

१. प्रधानमत्री केपी ओलीको जनसम्पर्क सल्लाहकार सिता पौडेलकी भाईबुहारी मेयर प्रभा बरालको प्रमुख नेतृत्व ।

२. मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार तथा पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा साथै प्रदेशका मन्त्री दावा लामाका ज्वाई सुरज थपलिया ।

३. प्रदेशका भूमि ब्यावस्था सहकारी तथा कृषी मन्त्री दावा लामाको पिए प्रकाश कालाखेती ।

याे पनि पढ्नुस  नेकपा नेताहरूले लगाएको 'भाइरस भगाउने' कार्डको नालीबेली

४. प्रदेश मन्त्री दावा लामाको छोरा ।

५. केदार आचार्य लगाएतका ४ जना भर्खरका केटाहरू ।

पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गर्न झलनाथ खनालको माग

कमेन्ट गर्नुहोस्