गण्डकीमा आज १०९ जनामा कोरोना संक्रमण

पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका- ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  आज ८१८ जनामा कोरोना पुष्टि, २८१ संक्रमित डिस्चार्ज

यससँगै गण्डकीमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ९ सय ३६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालमा हाई अलर्टः शुक्रबारदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान बन्द

प्रदेशमा हालसम्म ६ हजार २ सय १४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ८१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्