पाण्डेमाथिको दुर्व्यवहार भर्त्सनायोग्य : प्रवक्ता श्रेष्ठ

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्त नारायणकाजी श्रेष्ठ (प्रकाश) ले नेता सुरेन्द्र पाण्डे सहभागी चितवनको कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

श्रेष्ठले शनिबार ट्वीट गर्दै पाण्डेमाथि सुनियोजित दुर्ब्यवहारको भएको भन्दै त्यो निन्दनीय एवं भर्त्सनायोग्य रहेको बताए ।

याे पनि पढ्नुस  नेकपा इलामले तोक्यो जनवर्गीय संगठनका इञ्चार्ज

उनले लेखेका छन्, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ ।’

यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कसैको पनि हित नहुन श्रेष्ठको चेतावनी छ । नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समर्थित कार्यर्काले नाराबाजी गरेका थिए ।

को-को हुन् सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गर्ने? (नामसहित)

कमेन्ट गर्नुहोस्