स्वीकृति नलिई कर्मचारीले लोकसेवाका तयारी कक्षा पढाउन नपाउने

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाइने भएको छ । कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन नपाउने भएको हो ।

निजामती सेवामा कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि मन्त्रालयले सबै कर्मचारीलाई स्वीकृतिबिना पढाउनका लागि निषेध गरेको हो ।

याे पनि पढ्नुस  स्थानीय र स्वास्थ्यका कर्मचारीलाई मतदान गर्न वञ्चित गराएकोमा कर्मचारी संगठनको गम्भीर ध्यानाकर्षण

कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट परीक्षाको तयारीका लागि प्रशिक्षण वा पढाउन नपाइने मन्त्रीस्त्रीय निर्णय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पढाउन चाहने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ ।

याे पनि पढ्नुस  ‘जनताको पक्षमा कामकाज राम्रोसँग नगरेको कारणले नै नयाँ विज्ञापन’

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जारी गरेको विज्ञप्तिमा कर्मचारी इन्स्टिच्युटमा उपस्थित भई र अनलाइको माध्यम प्रयोग गरी लोक सेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परिक्षाको तयारी कक्षामा लिखित र मौखिक प्रशिक्षण दिन नहुने उल्लेख छ ।

यसअघि कुनै मन्त्रालय वा निकायले उक्त प्रशिक्षणका लागि स्वीकृति दिएको भए पनि आइतबारकै मितिदेखि उक्त निर्णय निष्क्रिय हुने छ ।

याे पनि पढ्नुस  अझै पनि केन्द्रमै बढी कर्मचारी रहने !

कमेन्ट गर्नुहोस्