सबै कार्यकर्तामाझ पुग्ने गरी सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइएको छ ।

सबै स्थानीय तहका कार्यकर्तामाझ पुग्ने गरी सात वटै प्रदेशमा राजनीतिक प्रस्ताव पठाइएको हो । प्रचण्डले वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समर्थनमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेका थिए ।

याे पनि पढ्नुस  यी हुन् दाङबाट पक्राउ परेका विप्लव नेकपाका नेता (नामावलीसहित)

प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमाप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बहुमतको निर्णय नमानेको जस्ता आरोप लगाइएका छन् । साथै ओलीले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा गुटबन्दीको अभ्यास गरेको भन्दै पार्टी पदहरू निजी सम्पत्ति झैं वितरण गर्दै षड्यन्त्रपूर्ण क्रियाकलाप र गुटबन्दीपूर्ण सत्ताको खेलमा लागेको ठहर गरेका छन् । प्रधानमन्त्रीको यस्ता क्रियाकलापले पार्टीका कार्यकर्ता र सदस्यहरू दुखित भएको र जनता असन्तुष्ट बन्दै गएको समेत प्रचण्डले प्रतिवेदनमा भनेका छन् ।

याे पनि पढ्नुस  आधा घण्टामै सकियो नेकपा स्थायी कमिटी बैठक

सम्बन्धित समाचारः प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

प्रचण्डको प्रस्तावविरुद्व नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि मंसिर १३ गते बस्ने सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गर्नेछन् । उक्त बैठकमा सबै प्रस्ताव र पार्टी विवादबारे छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्