कक्षा १२ को परीक्षा सुरु, १ महिनामै परीक्षाफल प्रकाशित हुने

काठमाडौंः झण्डै ८ महिना लामो अन्योलता र अनिश्चिततापछि कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोना भाइरसको महामारीको त्रासले सरकारले गत वर्षको चैतमा लकडाउन शुरु गरेसँगै वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा रोकिएको थियो ।

त्रासकै बीच लामो प्रतीक्षापछि विद्यार्थी परीक्षामा सहभागी हुन पाएका छन् । यस पटकको परीक्षा विगतका वर्षहरुको तुलना धेरै किसिमले फरक छ । पहिलोपटक विद्यार्थीहरु मास्क र फेस सिल्ड लगाएर परीक्षामा सामेल भएका छन् ।

याे पनि पढ्नुस  त्रिविले पनि गर्‍यो परीक्षा स्थगित गर्ने निर्णय (सूचनासहित)

एक सय पूर्णाङ्कको परीक्षा दिने विद्यार्थीहरुले यस पटक ४० पूर्णाङ्कको परीक्षा दिनेछन् । बाँकी रहेको ६० पूर्णाङ्कको भने आन्तरिक मूल्याङ्कन गरिनेछ ।

परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो मापन गर्नुपर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र कक्षा कोठामा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।

याे पनि पढ्नुस  कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

परीक्षा सम्पन्न भएको १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ ।

कमेन्ट गर्नुहोस्