काठमाडौंः नेपालमा थप १७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार २७९१ जना निको भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ ।
मंगलबार २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ ।