काठमाडौंः नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस पर्न सफल भएका हुन् । मनोनयनमा पारससहित स्कटल्याण्डका काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन, पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन परेका छन् ।
सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेका थिए । २०७६ असोज २८ मा कप्तानी छाडेका उनले हाल पनि राष्ट्रिय टिमबाट खल्दै आएका छन् ।
पारसले आफ्नो १० वर्षे कप्तानीकालमा नेपाललाई पहिलो पटक टी–२० विश्वकप खेलाउनुका साथै एकदिवसीय मान्यता दिलाएका थिए । ३३ वर्षीय पारसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र एक अर्धसतक तथा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र तीन अर्धसतक बनाएका छन् ।
भोटका आधारमा उनले अवार्ड जित्नेछन् । खड्कालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।