नयाँ दिल्ली । भारतको केन्द्रीय सरकारले थप ४३ वटा मोबाइल एपहरुमा प्रतिबन्ध लगाएको छ ।
नयाँ प्रतिबन्ध लगाइएको एपहरुमा अधिकांश अनलाईन डेटिङसँग सम्बन्धित रहेका छन् ।
सरकारले टेक्नोलोजी एक्ट ६९ ए अन्तर्गत यी एपहरुले देशको एकता, अखण्डता र सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको जनाएको छ ।
प्रतिबन्ध लगाएका एपहरुमध्ये १४ वटा डेटिङ एप, ८ गेमिङ, ६ वित्त तथा बिजनेस र एउटा मनोरञ्जन एप रहेको छ ।
यसअघि भारत सरकारले चिनियाँ एप टिकटकलाई बन्द गरेको थियो ।
अब भने यस्तै अर्को चर्चित एप स्नेक भिडियो पनि प्रतिबन्धको शिकार बनेको छ । टिकटक बन्द भएपछि पछिल्लो दुई महिनामा मात्रै यसका ५ करोड एप बढेका थिए ।
भारत सरकारले यसअघि २९ जुनमा ५९ वटा एपमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि २७ जुलाईमा फेरी ४७ वटा एपहरु बन्द गरिएका थिए ।
प्रतिबन्धलाई निरन्तरता दिँदै दुई सेप्टेम्बरका दिन ११८ एपहरुमा प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्ध लगाइएका एपहरु
- अली सप्लायर्स
- अली बाबा वर्कबेंच
- अली एक्सप्रेस- स्मार्टर शॉपिंग, बेटर लिविंग
- अलीपे कैशियर
- लालामोव इंडिया- डिलीवरी ऐप
- ड्राइव विद लालामोव इंडिया
- स्नैक वीडियो
- कैमकार्ड- बिजनेस कार्ड रीडर
- कैम कार्ड- BCR (वेस्टर्न)
- सोल- फॉलो द सोल टु फाइंड यू
- चाइनीज सोशल- फ्री ऑनलाइन डेटिंग वीडियो ऐप एंड चैट
- डेट इन एशिया- डेटिंग एंड चैट फॉर एशियन सिंगल्स
- वी डेट- डेटिंग ऐप
- फ्री डेटिंग ऐप- सिंगल, स्टार्ट योर डेट
- एडोर ऐप
- ट्रूली चाइनीज- डेटिंग ऐप
- ट्रूली एशियन- डेटिंग ऐप
- चाइना लव- डेटिंग ऐप फॉर चाइनीज सिंगल्स
- डेट माई एज- चैट, मीट, डेट
- एशियन डेट
- फ्लर्ट विश
- गाइज ओनली
- ट्यूबिट
- वी वर्क चाइना
- फर्स्ट लव लाइव – सुपर हॉट लाइव ब्यूटीज लाइव ऑनलाइन
- रेला – लेस्बियन सोशल नेटवर्क
- कैशियर वॉलेट
- मैंगो टीवी
- एमजी टीवी – ह्यूमन टीवी ऑफिशियल टीवी ऐप
- वी टीवी – टीवी वर्जन
- वी टीवी – सी ड्रामा के ड्रामा एंड मोर
- वी टीवी लाइट
- लकी लाइव- लाइव वीडियो स्ट्रीमिंग ऐप
- टाओवाओ लाइव
- डिंग टॉक
- आइडेंटिटी वी
- आइसोलैंड 2 : ऐशेज ऑफ टाइम
- बॉक्सस्टार (अर्ली एक्सेस)
- हीरोज इवोल्वड
- हैप्पी फिश
- जेलिपॉप मैच : डेकोरेट यूअर ड्रीम आइसलैंड
- मंचकिन मैच : मैजिक होम बिल्डिंग
- कॉनक्विस्ता