बजारमा आउने बित्तिकै ‘कोरोना खोप’ ल्याउने तयारी गरिरहेका छौँ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं : सरकारले कोभिड विरूद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ।

विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन्।

याे पनि पढ्नुस  भारतमा अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली भेटिए

स्वास्थ्य मन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताए।

अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत् कानुन संशोधन गरिएको उनले बताए।

याे पनि पढ्नुस  नेपालसँग जोडिएका बिहारका जिल्लामा मात्रै ७५ जना कोरोना संक्रमित

उनले भने,‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ। भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानुनी अप्ठ्यारो नपरोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो। भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने बित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ।’

याे पनि पढ्नुस  थप १३ जनामा कोरोना संक्रमण पुष्टि

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधि म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए।

उनले तरकारी, फलफूल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानव जीवनमा विभिन्न समस्या देखिने गरेको बताए।

कमेन्ट गर्नुहोस्