रामेछाप सेवा समाजद्वारा मिर्गौला पीडित तामाङलाई आर्थिक सहयोग

उद्धव मगर, दोहा कतार : रामेछापको दोरम्बा गाउँपालिका-२ का मिर्गौला पीडित शुकलाल तामाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । ३५ वर्षीय तामाङलाई कतार र नेपालबाट सहयोग प्राप्त भएको हो ।

दुवै मिगौला फेल भई हाल उपचारको क्रममा रहेका उनको आर्थिक अवस्था निकै कमजोर छ । आर्थिक अवस्था कमजोर थाहा पाएपछि रामेछाप दोहा सेवा समाजमार्फत आर्थिक सहयोगका लागि अपिल गरिएको थियो ।

सो अपिल थाहा पाएपछि नेपालमा रहेका समाजसेवी काजीमान तामाङले २ हजार ५ सय ५ र रामेछाप सेवा समाज दोहा कतारको तर्फबाट ३० हजार गरी जम्मा ३२ हजार ५ रुपैयाँ मिर्गौला पीडित तामाङलाई हस्तान्तरण गरिएको छ ।

सो रकम गत शनिबार नेपालबाट रकम संकलन गर्न पहल गर्ने काजीमान तामाङले पीडित शुकलाललाई हस्तान्तरण गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्