ट्रान्सपरेन्सी इन्टरनेशनलको खुलासाः एकवर्षमा नेपालमा भ्रष्टाचार बढ्यो, सबैभन्दा धेरै सरकारी तहमा

काठमाडौं । नेपालमा धेरै भ्रष्टाचार बढेको ट्रान्सपेरेन्सी इन्टरनेशनलको रिपोर्टले देखाएको छ ।

एशियका १७ देशमा जनस्तरमा गरिएको सवेक्षणले आम जनताले भ्रष्टाचार बढेको बताएका हुन ।

राजनीतिक तहमा भ्रष्टाचार बढेको जनताको भनाई छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसिया प्रतिवेदनमा ५८ प्रतिशत नेपालीले एक वर्षमा भ्रष्टाचार झन् बढेको बताएका हुन ।

१७ वटा देशका २० हजार जनतामा अनलाईन प्रविविधको प्रयोगबाट यो अनुसन्धान गरिएको थियो ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेकोले उल्लेख गरेको छ । १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको पनि प्रतिवेदनले जनाएको छ ।

याे पनि पढ्नुस  अध्ययनको खुलासाः ‘घुस नबुझाई जग्गाको कुनै काम हुँदैन’

कुन निकायका व्यक्ति सबैभन्दा बढी भ्रष्टाचारी छन् भन्ने प्रश्नमा भने ५० प्रतिशतले प्रधानमन्त्री कार्यालयको नाम लिएका छन् । प्रधानमन्त्री नै भ्रष्ट भएको ठहर गर्ने यो संख्यापछि सांसद र सरकारी कर्मचारी भ्रष्ट छन् भन्नेमा ४३ प्रतिशतको मत देखिन्छ ।

नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार ठूलो समस्या रहेको सोच्ने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, १२ प्रतिशत जनताले एक वर्षमा सार्वजनिक सेवा लिँदा कुनै न कुनै रूपमा घुस खुवाउनुपरेको पनि उल्लेख गरेका छन् । त्यस्तै, २९ प्रतिशत जनताले एक वर्षमा सार्वजनिक सेवा लिँदा भनसुन गर्नुपरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

याे पनि पढ्नुस  प्राधिकरणका पूर्व महाप्रबन्धकविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

१३ प्रतिशत जनतालाई भोट दिनका लागि घुस खुवाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, सात प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुव्र्यवहार भएको वा त्यस्तै व्यवहार भएको व्यक्ति चिनेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । सात प्रतिशत उत्तरदाताले सार्वजनिक विद्यालयमा समेत घुस दिनुपरेको बताए ।

राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने नेपाली जनता ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने गर्छन् । स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी संरचनामा समेत भ्रष्टाचार भएका अध्ययनले देखाएको छ ।

याे पनि पढ्नुस  साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला भएको ठहर

प्रतिवेदनमा ६२ प्रतिशत नेपालीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राम्रो काम गरिरहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ३७ प्रतिशतले भने भ्रष्टाचार नियन्त्रणसम्बन्धी सरकारी पहल खराब रहेको विश्वास गर्ने गरेका छन् । ६८ प्रतिशत जनता भ्रष्टाचारविरुद्ध लड्न सामान्य मानिसले उल्लेख्य काम गर्न सक्ने उल्लेख गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्