बुटवलः अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाउँदै काँग्रेस कार्यकर्ताले गरे प्रदर्शन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा काँग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

आज बिहान तिनाउ पुल नजिकै पौडेल सवार गाडीलाई नेपाल विद्यार्थी संघ र तरुण दल रुपन्देहीले कालो झण्डा देखाएका हुन् ।

उनीहरुले पदसँग प्रदेश राजधानी साटेको भन्दै कालो झण्डा देखाएको बताएका छन् । रुपन्देहीको विभिन्न आयोजनाहरुको अनुगमन गर्न पौडेल त्यसतर्फ पुगेका हुन ।

याे पनि पढ्नुस  बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल रहेकाेमा पाैडेलले मन्त्री पदकाे लाेभमा राजधानी सारेकाे भन्दै बिराेध गरिएकाे नेविसंघका नेता छाँया पोखरेलले बताए ।

यसअघि काँग्रेस कार्यकर्ताले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा हानेका थिए ।

कमेन्ट गर्नुहोस्