कांग्रेस प्रवक्ता शर्माका नजरमा नेकपाका तीन नेताः केपी र ट्रम्पको एउटै प्रवृत्ति

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केप ीओलीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै प्रवृत्ति रहेको टिप्पणी गरेका छन् ।

अनलाईनखबरमा प्रकाशित अन्तर्वातामा नेता शर्माले नेकपाका तीनवटै नेताहरु बारे आफ्नो धारणा राखेका हुन ।

केपी ओलीको खुबी र कमजोरी के हो ? भन्ने प्रश्नमा शर्मा भन्छन्, “केपी शर्मा ओली केही गरौं भन्ने प्रशस्त भावना भएको तर केही गर्ने डिजाइन नभएको नेता हो । म उहाँलाई अमेरिकाको राष्ट्रपति
डोनाल्ड ट्रम्पसँग पनि तुलना गर्न रुचाउँछु ।”

प्रवक्ता शर्माले ओलीको राष्ट्रवादी छवि प्रधानमन्त्री भएपछि पखालिएको टिप्पणी गरेका छन् ।

पढ्नुस अन्तर्वार्ताको उक्त अंश

कसरी समानता ?

उहाँहरुका बीचमा प्रवृत्तिगत समानता धेरै रहेछ क्या १ जस्तो– चुनावमा जाँदै गर्दा ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्दै राष्ट्रवादी नारा उराले । मेक्सिकोको सिमानामा पर्खाल लगाउने, आप्रवासीहरुलाई कडाइ गर्ने उग्रराष्ट्रवादी कुरा गरे । तर, राष्ट्रपति बनेपछि उनको राष्ट्रवाद यत्तिकै सेलायो । ओलीजीको पनि यस्तै देखियो । उहाँको राष्ट्रवादी छवि प्रधानमन्त्री बनेपछि पखालिएको छ ।
ट्रम्पले अघिल्लो सरकारका महत्वपूर्ण कुराहरुलाई अस्वीकार गर्नुभयो । अन्तर्राष्ट्रिय सम्झौताहरुबाट पछि हट्नुभयो । ओलीले पनि अघिल्लो सरकारले गोविन्द केसीसँग गरेका सम्झौता उल्टाइदिनुभयो ।
कोरोनाको सम्वन्धमा पनि उस्तै शैली देखियो । ट्रम्पले मास्क नलगाऊ भन्नुभयो । ओलीले हाछ्यूँ गरेर उडाइदेऊ भन्नुभो । काम गराइको शैली उस्तै देखियो । सानो कोर ग्रुपमा भर गर्ने, आफैं वैज्ञानिक, आफैं डाक्टर, आफैं न्यायाधीश बन्न खोज्ने । उताको ट्रम्पवाद गयो, यताको भ्रमवाद के हुन्छ हेरौ ।

याे पनि पढ्नुस  कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

प्रचण्डलाई चाहिँ कसरी बुझ्नुभएको छ ?

प्रचण्ड राम्रैसँग जुध्न सक्ने र समझदारीमा अत्यधिक लचक पनि हुन सक्ने नेता हो । उहाँ कठोरमा एकदमै कठोर हो, नत्र माओवादी विद्रोह हुँदैनथ्यो । लचकमा एकदमै लचक हो, नत्र माओवादी युद्धको सेफल्यान्डिङ हुँदैनथ्यो ।

कमजोरीको कुरा गर्ने हो भने एउटा मात्रै भन्दा अपूरो हुन्छ, अनि धेरैभन्दा पूर्वाग्रही देखिएला। मेरो विचारमा देशमा सबै प्रजातान्त्रिक अधिकारहरु भएको बेलामा बन्दुक उठाएर उहाँले ऐतिहासिक गल्ती गर्नुभयो । अनि अहिले आफ्ना सारा संघर्षका बिरासतलाई तिलाञ्जली दिएर संसदीय व्यवस्थाभित्र गुट्मुटिनुभएको छ । आफ्ना सहयोद्धाहरुलाई बिर्सेर नेकपा एमालेमा समाहित हुनुभएको छ । संसदीय व्यवस्थामा आउँदै गर्दा फरक अस्तित्व कायम राख्न सक्नुभएन ।

याे पनि पढ्नुस  कारोनाः कांग्रेसका सम्पूर्ण कार्यक्रम स्थगित

भन्नाले, तपाईंहरुले गरिरहेको बुर्जुवा राजनीतिमै प्रचण्ड पनि मिसिनुभयो ?

त्यो त म भन्दिनँ । नेपाली कांग्रेसले नेपालको कम्युनिस्ट आन्दोलनको रुपान्तरणमा सहजीकरणको भूमिका खेलेको छ । त्यसमा हामी गर्व गर्छौं । संसदीय व्यवस्थाको पार्थिव शरीरमा सर्वहाराको अधिनायकत्व स्थापित गर्ने भनेर कम्युनिस्ट नेताहरुको जुँगाको रेखी बसेको हुन्छ । तर, जुँगा फुल्दै गर्दा संसदीय व्यवस्थाको सेवामा समर्पित भइसक्नुहुन्छ । प्रचण्डमा पनि यही प्रवृत्ति देखियो । उहाँ यसरी रुपान्तरित भएर आउँदै गर्दा हामी त स्वागत नै गर्छौं । र, पनि कहिलेकाहीँ आइसकेपछि छलाङ र क्रमभंग जस्ता शब्दोच्चारण गरिरहनुहुन्छ ।

याे पनि पढ्नुस  कनौडियलाई पुस २५ गतेभित्र उखु किसानको वक्यौता तिर्न उर्दी

माधव नेपालको विषयमा पनि दुई शब्द ? उहाँ टेस्टेड एन्ड फेलियर हो कि होइन ?

उहाँले हामीसमेत सहभागी सरकारको नेतृत्व गर्नुभएको हो । त्यो सरकारको सफलता–असफलतामा हामी पनि केही हिस्सेदार छौं ।
माधव नेपालमा टिम संयोजन र व्यवस्थापनको कला ओली र प्रचण्डको भन्दा राम्रो छ । तथापि उहाँ ओली–प्रचण्डजस्तो तिख्खर र विषयवस्तुमा कमाण्ड भएको नेता होइन ।

कमेन्ट गर्नुहोस्