काठमाडौंः गायिका स्मिता दाहालको नयाँ गीत मालिङ्गोले १० लाख भ्यूज भएको छ ।
गीत सार्वजनिक भएको ५ दिनमै उक्त गीतलाई १० लाख बढीले हेरेका हुन् । यो समाचार तयार पार्दासम्म उक्त गीत १० लाख २१ हजार बढी पटक हेरिएको छ ।
उक्त गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको देखिन्छ । गीत सार्वजनिक भएको ६ घण्टामै ट्रेण्डिङमा पर्न सफल मालिङ्गो बुधबारसम्म पनि ४ नम्बर ट्रेण्डिङमै छ ।
आफैंले गाएको गीतको म्युजिक भिडियोमा स्मिता राजेश हमालको जोडी भएर देखिएकी छन् । स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको मालिङ्गो बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मिताको मुख्य अभिनय छ ।
भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र सस्मता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएकी छन् ।
गीतमा सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफी रहेको गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतको निर्देशन सरोज ओलीले गरेका हुन् ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिमा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।