पोखराः गण्डकी प्रदेशमा ७१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ८ जिल्लाका ७१ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सबै कन्ट्र्याक ट्रेसिङमा परेका थिए ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ हजार ३८५ पुगेको छ ।