कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले गरेको पीसीआरमा कप्तान मल्ललाई आज कोरोना पुष्टि भएको हो । उनले नै आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् ।

मल्लले आफूमा कोरोना पुष्टि भए पनि लक्षण भने कुनै पनि नदेखिएको बताएका छन् । उनी अब कोरोनामुक्त नहुँदासम्म आइसोलेसनमा बस्ने छन् ।

याे पनि पढ्नुस  नेपाल कोरोना भाइरस मुक्त, चिनियाँ सञ्चार माध्यमहरुबाट प्रचार गरिने

आजदेखि क्यानले बन्द प्रशिक्षण थाल्ने भनेको थियो । तर, सबै खेलाडीको पीसीआर परीक्षण गर्न बाँकी रहेकाले प्रशिक्षण सुरु गरिएन ।

कमेन्ट गर्नुहोस्