नेपाली क्रिकेट टिमका ३ खेलाडीलाई कोरोना संक्रमण

कठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान ज्ञोन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहित पौडेल र नेपाल क्रिकेट संघ (क्यान)का कर्मचारी प्रदीप लामालाई पनि कोरोना पुष्टि भएको छ । हिजो गरिएको पीसीआरमा आज उनीहरूको नतिजा पोजिटिभ देखिएको हो ।

क्यानले फेसबुकमार्फत उनीहरूमा कोरोना भएको जानकारी दिएको हो । कोरोना पुष्टिसँगै उनीहरू होम आइसोलेसनमा बसेका छन् ।

याे पनि पढ्नुस  प्रहरीद्वारा घरभित्रै बस्न आग्रह

उनीहरू अब कोरोनामुक्त नहुँदासम्म आइसोलेसनमा बस्ने छन् । आजदेखि क्यानले बन्द प्रशिक्षण थाल्ने भनेको थियो । तर, सबै खेलाडीको परीक्षण गर्न बाँकी रहेकाले प्रशिक्षण सुरु गरिएन ।

कमेन्ट गर्नुहोस्