चितवनमा रहेका पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या

भरतपुर : चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ । स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ ।

सोमबार दिउँसो भैरहवाबाट आफैँले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए ।

याे पनि पढ्नुस  पारस शाहद्वारा एयरपोर्टका सुरक्षा कर्मचारीमाथि हातपात (भिडियोसहित)

अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ।

डा. रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन् । अहिले इसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए ।

इसिजी रिपोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए ।

याे पनि पढ्नुस  पशुपति परिसरमा झाडु लगाउँदै पूर्वयुवराज पारस

कमेन्ट गर्नुहोस्