फुटबलका महान हस्ती म्याराडाेनाकाे निधन

    फुटबल जगतका सम्मानित चर्चित व्यक्तित्व पूर्वकप्तान डिएगो म्याराडोनाको निधन भएको छ ।

    दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका ६० वर्षीय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    म्याराडोनाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबलको उपाधि जितेको थियो ।

    उनले बोका जुनियर्स, नेपोली बार्सिलोनालगायतका टोलीबाट क्लब फुटबल पनि खेलेका थिए । अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका छन् भने क्लब फुटबलमा ४९० खेल खेल्दा २५४ गोल गरेका छन् ।

    म्याराडोनालाई विश्ववका महान् फुटबल खेलाडीहरुमध्येको एक मानिन्छ ।

    कमेन्ट गर्नुहोस्

    याे पनि पढ्नुस  चीनले म्याराडोनालाई लाखौं डलरमा किन्ने