१६१४ संक्रमित थपिए, मृतक संख्या १४ सय नाघ्यो

काठमाडौंः नेपालमा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ ।

याे पनि पढ्नुस  पटना अस्पतालले भन्यो, ‘भर्ना भएका नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छैन’

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्