काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेट गरेका छन् ।
बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा सक्रिय छन् । यसअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटेका थिए भने त्यसअघि परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी भएका थिए ।
श्रृंगलाले आजै नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।