सिरहा : बलात्कारको आरोपमा एक मौलवी पक्राउ परेका छन् । सिरहाको लहानमा मुस्लिम धर्मगुरु मौलवी झारफुकको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
लहानस्थित डेराबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) लाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पजियारले जानकारी दिए ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-१० स्थित महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन हुन् । उनीमाथि जबर्जस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय सिरहामार्फत (अदालतबाट) ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
मंगलबार साँझ लहान नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया मुस्लिम महिला समान्य बिरामी परेपछि धर्मगुरुसँग झारफुक गराउन उनको डेरामा गएकी थिइन् । मौलवीले झारफुकको बहानामा बलात्कार गरेका भन्दै परिवारजनलाई बताएपछि सो घटना प्रहरीमा पुगेको थियो ।