महोत्तरीमा गोली चलाएको विषयबारे छानबिन गर्न समिति गठन

महोत्तरी : बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयले उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए, जसमध्ये बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  अनसनरत केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

मन्त्रालयले गुलाब खातुन र न्यौपानेको परिरवारलाई राहत तथा क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाइएको बताएको छ ।

मन्त्रालयले बालिका हत्याको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएको छ ।

कमेन्ट गर्नुहोस्