काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सञ्चारविज्ञका रूपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र बिहीबार मानन्धरलाई प्रदान गरेका हुन् ।
पछिल्लो समय कान्तिपुरका दोलखा संवाददाताका रूपमा कार्यरत मानन्धर भीमेश्वर नगरपालिका–१ का स्थायी बासिन्दा हुन् ।
उनले ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरिसकेका छन् । उनले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।