‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

काठमाडौं : तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ ।

प्राधिरकणले पाइलट प्रोजेक्टका रूपमा काठमाडौं उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका ग्राहकमा सो स्मार्ट मिटर जडान शुरु गरेको छ ।

याे पनि पढ्नुस  कुलमान भाेलि पुनः प्राधिकरण प्रमुखमा नियुक्त हुने सम्भावना

प्राधिकरणका अनुसार कोरोना कहरमा पनि निरन्तर काम भइरहेको र हालसम्म १५ हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान सम्पन्न भइसकेको छ । विशेष गरी थ्री फेज विद्युत् लिएका ग्राहकको घरमा उक्त स्मार्ट मिटर जडान गरिएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुप हाल काठमाडौं उपत्यकाममा स्मार्ट मिटर जडान तथा विद्युत्को तार भूमिगतको काम भइरहेको जानकारी दिए ।

याे पनि पढ्नुस  यी हुन् कुलमानले चाहेर पनि अधुरै रहेका काम (पूर्णपाठसहित)

रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रहेका ग्राहकको ‘सर्भे’ सम्पन्न गरी मिटर जडान कार्य शुरु गरिसकेको छ र हालसम्म करिब १५,००० थान स्मार्ट मिटर जडान भइसकेको सिलवालले जानकारी दिए ।

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले हाल काठमाडौँको रत्नपार्क तथा महाराजञ्ज विद्युत् वितरण केन्द्रमार्फत विद्युत् उपभोक्तालाई ‘एनइए डिजिटल क्याम्पेन’ अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तीव्र पारिएको छ ।

याे पनि पढ्नुस  विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति छिट्टै हुन्छः मन्त्री पुन

कमेन्ट गर्नुहोस्