सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच नेपाल-भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए ।

याे पनि पढ्नुस  देउवा पार्टी समाप्त पार्ने खेलमा लागेको सुजाताको आरोप

भेटमा सभापति देउवाले कांग्रेसले सदैव नेपाल-भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा सदैव भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए । सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोड दिएको सभापति देउवा प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहिसकेका भट्टराईले बताए ।

याे पनि पढ्नुस  राष्ट्रपति हमिदसँग सभापति देउवाको शिष्टाचार भेट

भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दाहरू समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचार विमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृंगला दुई दिवसीय भ्रमणका लागि आजै काठमाडौं आएका हुन् ।

याे पनि पढ्नुस  शुभकामना कार्यक्रमले नेताहरुलाई नजिक ल्याउन मद्दत गर्छः सभापति देउवा

कमेन्ट गर्नुहोस्