गएराती कोरोना अस्पतालको आइसियूमा आगलागी, ५ को मृत्यु

भारतको गुजरातस्थित राजकोट जिल्लाको एक कोभिड अस्पतालमा बिहीबार राति आगलागी भएको छ । उक्त घटनामा पाँच जना कोरोना संक्रमित बिरामीको जलेर ज्यान गएको छ ।

शहरको आनन्द बंगला चौराहा नजिक उदय शिवानन्द कोभिड अस्पतालको आइसियू वार्डमा बिहिबार राती एकदेखि दुई बजेको बीचमा आगो लागेको हो । अस्पतालमा ३३ जना बिरामीको उपचार भइरहेका थियो ।
बाँचेका बिरामीहरुलाई अन्य अस्पतालमा पुर्याइएको छ ।

याे पनि पढ्नुस  काठमाडौंको न्युरोडमा आगलागी

एक बिरामीको स्थिति गम्भीर रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । उक्त आगजनी बंगला चौराहेको नजिक उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो ।

उक्त घटना राति १ देखि २ बजेको बीचमा भएको बताइएको छ । अस्पतालमा कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको थियो ।

याे पनि पढ्नुस  बन्दै गरको भवनमा आगलागी, कम्तीमा ३८ जनाको ज्यान गयो

ज्यान गुमाउनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी हुन् । उदय शिवानन्द कोभिड अस्पतालमा गत सेप्टेम्बरमा मन्जुरी दिइएको थियो । गत अगष्टदेखि यो चौथो घटना हो ।

कमेन्ट गर्नुहोस्