गुल्मीमा एकाबिहानै जीप दुर्घटना, ५ को मृत्यु

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा आज बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको छ।

दुर्घटनामा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

याे पनि पढ्नुस  ११ वर्षीय बालकले गरे घरभित्रै झुन्डिएर आत्महत्या

इस्मा ४ दोहलीको हुल भन्ने ठाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप बिहान साढे सात बजे दुर्घटनामा परेको थियाे । चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

दुर्घटना इस्मा गाउँपालिका ४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए।

याे पनि पढ्नुस  ‘सडक स्तरोन्नति नहुँदा दुर्घटना’

दुर्घटनामा सोही ठाउँका १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वति दर्लामी र जीपका सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन्।

कमेन्ट गर्नुहोस्