भरतपुरमा २ जना कोरोना संक्रमितको निधन

भरतपुर अस्पतालमा उपचार गरिरहेका दुई जना कोरोना संक्रमितको निधन भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएकाे जानकारी भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको आज बिहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको ६ बजे मृत्यु भएको हो ।

याे पनि पढ्नुस  अन्ततः झुक्याे सरकार: अब काेराेना परीक्षण र उपचार निशुल्क हुने

भरतपुर–१७ का वृद्ध यही मंसिर ५ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए । मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो ।

हेटौंडा–१० की ५७ वर्षीया महिलालाई भने यही मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो ।
Pic: Symbolic

याे पनि पढ्नुस  चितवनमा थप ८७ जनामा देखियाे काेराेना, भरतपुरका मात्रै ७३ जना

कमेन्ट गर्नुहोस्