पहिलो त्रैमासिकमा कुन विकास बैंककाे नाफा कति ?

बिकास बैंकहरुले पहिलो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका छन् । कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएको अवस्थामा पनि कतिपय बैंकहरुले भने नाफा आर्जन गर्न सफल भएको देखिन्छ ।

कोरोनाको असरका कारण विकास बैंकहरुकाे व्यवसाय विस्तार र कर्जा उठाउन भने समस्या परेको देखिन्छ। जसले गर्दा खराब कर्जा बढ्दो अवस्थामा देखिएको छ। बैंकहरुले कर्जा जोखिम बापत धेरै रकम छुट्याउनु परेको छ।

विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औषतमा ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

पहिलो त्रैमासमा १५ वटा विकास बैंकहरुले कुल १ अर्ब १५ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन । मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने दुई विकास बैंक खुद नोक्सानीमा देखिएका छन्। ५ वटा बैंकको वितरणयोग्य नाफा ऋणत्मक देखिएको छ।

पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंक खुद नाफा २९ करोड ४१ लाख रुपैयाँ बढी आर्जन गरेको छ। यो नाफा अन्य विकास बैंकको तुलनामा सबैभन्दा बढी हो। वितरणयोग्य मुनाफा पनि मुक्तिनाथको बढी रहेको छ। यो बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजीको हिसाबले पनि मुक्तिनाथ नै अग्रस्थानमा छ। यो बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

याे पनि पढ्नुस  १६ वटा वाणिज्य र विकास बैंकको ‘सर्भर ह्याक’ भएको आशंका

खुद नाफा बढी आर्जन गर्नेमा कामना सेवा विकास बैंक दोस्रो स्थानमा छ। यो बैंकले २० करोड १ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। कामना सेवाको वितरणयोग्य मुनाफा ७ करोड ४३ लाख रुपैयाँ र ज्योति विकास बैंकको मुनाफा ४ करोड ३५ लाख रुपैयाँ रहेको छ।

तेस्रो बढी नाफा महालक्ष्मी विकास बैंकले आर्जन गरेको छ। यो बैंक नाफा १५ करोड ९७ लाख रुपैयाँ रहेको छ।

चौथो बढी नाफा कमाउनेमा ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, एक्सेल डेभलपमेण्ट र तिनाउ मिसन क्रमस नाफा कमाउन सफल भए् । चुक्तापुँजी ३ अर्ब ४९ करोड रुपैयाँका साथ ज्योति विकास बैंक दोस्रो र ३ अर्ब २३ करोड रुपैयाँका साथ गरिमा तेस्रो स्थानमा छन्।

याे पनि पढ्नुस  १६ वटा वाणिज्य र विकास बैंकको ‘सर्भर ह्याक’ भएको आशंका

रिजर्भको आकारको हिसाबले १ अर्ब ९१ करोड रुपैयाँका साथ महालक्ष्मी अग्रस्थानमा छ। मुक्तिनाथ १ अर्ब ७६ करोड रुपैयाँ रिजर्भका साथ दोस्रो स्थानमा र १ अर्ब ६५ करोड रुपैयाँको रिजर्भका साथ तेस्रो स्थानमा छन्।

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि मुक्तिनाथ नै अब्बल देखिएको छ। यो बैंकले समीक्षा अवधिमा ६३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ।

उच्च निक्षेप संकलनमा गरिमा ४८ अर्ब ६२ करोडका साथ दोस्रो र ज्योति ४० अर्ब ४१ करोडका साथ तेस्रो स्थानमा छन्। यो अवधिमा मुक्तिनाथले ५१ अर्ब ९९ करोड, गरिमा ३८ अर्ब ७६ करोड र ज्योतिले ३१ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।मुक्तिनाथले सबैभन्दा बढी ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यस्तो आम्दानी महालक्ष्मीले ४२ करोड ५७ करोड र कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ गरेको छ।

याे पनि पढ्नुस  १६ वटा वाणिज्य र विकास बैंकको ‘सर्भर ह्याक’ भएको आशंका

वार्षिकीकरण प्रतिसेयर आम्दानीको हिसाबले कामना सेवा अगाडि देखिएको छ। यो बैंकको ईपीएस ३१.५१ रुपैयाँ रहेको छ। एक्सेलको ईपीएस २७.८३ रुपैयाँ रहेको छ भने मुक्तिनाथको २७.२१ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थमा भने १६२.२८ रुपैयाँले महालक्ष्मी अग्रस्थानमा छ। त्यसपछि लुम्बिनीको १६०.९८ रुपैयाँ र सहाराको १५५.४८ रुपैयाँ रहेको छ।

निष्क्रिय कर्जा घटाउनेमा मुक्तिनाथ अग्रस्थानमा छ। यो बैंकको निष्क्रिय कर्जा दर ०.१२ प्रतिशतमा सीमित छ। त्यस्तै मितेरीको यस्तो दर ०.२२ र ज्योतिको ०.६५ प्रतिशत छ।

कमेन्ट गर्नुहोस्