गुल्मीः इस्मा गाउँपालिका–४ दोहलीमा आज बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएसँगै मृतक संख्या ६ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, मालिका गाउँपालिका–५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापा रहेका छन् ।
घाइते इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षका कमल हितानको गुल्मी अस्पताल उपचार भइरहेको छ ।
इस्मा–४ दोहलीको हुल भन्ने ठाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार बिहान साढे सात बजे दुर्घटनामा परेको थियो ।
सकुसल रहेका चालक वुद्ध बस्नेत लाई प्रहरीले पक्राउ गरेको छ ।