सुनको मूल्य घट्यो

काठमाडौंः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।

याे पनि पढ्नुस  आज पनि सुनको मूल्य घट्यो

तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ ।

बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो ।

याे पनि पढ्नुस  ह्वात्तै घट्यो सुनको मूल्य

कमेन्ट गर्नुहोस्