दुई शव फेला

मकवानपुरः इन्द्रसरोवर गाउँपालिका–३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ ।

उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ ।

याे पनि पढ्नुस  श्रीमतीको शव फेला, श्रीमान पक्राउ

यसैबीच, गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो ।

याे पनि पढ्नुस  तनहुँमा दुई वर्षीय बालकको शव बीभत्स अवस्थामा फेला

कमेन्ट गर्नुहोस्