१७०३ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौंः नेपालमा थप १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३६ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २३७ छ ।

याे पनि पढ्नुस  काेराेनाबारे डब्ल्यूएचओले जगायाे आशा

शुक्रबार २३ थप जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्