आतंककारी हमलामा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

दाङ : दाङको तुलसीपुर घर भएर भारतीय सेनामा कार्यरत एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी मृत्यु भएको हो ।

जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ।

याे पनि पढ्नुस  प्रदेश ५ को राजधानी दाङ नै उपयुक्तः अध्यक्ष प्रचण्ड

प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो । तर, परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका थिए ।

भाइको शव लिनका लागि घरबाट उनका बुवा लालबहादुर केसी भारत हिँडिसकेका छन् । शव शनिबारसम्म आइपुग्ने तुलसीले बताए ।

याे पनि पढ्नुस  दाङका धार्मिक पर्यटकीय स्थलमा पूर्वसभामुख महरा

कमेन्ट गर्नुहोस्