वानडे सिरिज : भारतविरुद्ध अष्ट्रेलियाको शानदार जित

काठमाडौं : अष्ट्रेलियासँगको तीन म्याचको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा भारत ६६ रनले पराजित भएको छ ।

अष्ट्रेलियाले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनायो ।

उसका लागि हार्दिक पाण्ड्याले करियरकै उच्च प्रदर्शन गर्दा पनि टिमलाई जित दिलाउन सकेनन् । उनले आज ७६ बलमा सात चौका र चार छक्कासहित ९० रनको योगदान दिए ।

याे पनि पढ्नुस  वान डे सिरिजः श्रीलंकाले दियो बंगलादेशलाई २९५ रनको लक्ष्य

यसअघि वानडेमा पाण्ड्याको उच्च प्रदर्शन ८३ रन बनाउनु थियो । एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा उनको यो पाँचौ अर्धशतक हो ।

त्यस्तै, शिखर धवनले ७४, रवीन्द्र जडेजाले २५, मयंक अग्रवालले २२, कप्तान विराट कोहलीले २१, नवदीप सैनीले अविजित २९, केएल राहुलले १२ र मोहम्मद शामीले १३ रन बनाए ।

बलिङमा एडम जम्माले ४, जोश हेजलउडले ३ र मिचेल स्टार्कले एक विकेट लिए ।

याे पनि पढ्नुस  भारतको तेस्रो विकेट पतन, शिखरले शतक पूरा गर्न सकेनन्

यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो ।

उसका लागि कप्तान आरोन फिन्च र स्टिभ स्मिथले शतक बनाए । फिन्चले १२४ बलमा ९ चौका र २ छक्कासहित ११४ रन बनाए ।

त्यस्तै, स्टिभ स्मिथले ६६ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको योगदान दिए । साथै, डेविड वार्नरले ७६ बलमा ६९, ग्लेन म्याक्सवेलले १९ बलमा ४५ र एलेक्स क्यारीले १३ बलमा अविजित १७ रन बनाए ।

याे पनि पढ्नुस  वानडे सिरिजः दोस्रो खेलमा भारत विजयी, सिरिज बराबरी

बलिङमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । आजको जितसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो वानडे आइतबार हुनेछ ।

कमेन्ट गर्नुहोस्