मार्क्सवादी चिन्तक तथा लेखक अर्यालको निधन

काठमाडौं : मार्क्सवादी चिन्तक तथा लेखक मुरारी अर्यालको निधन भएको छ । उनको कोभिड-१९ को संक्रमणबाट ६४ वर्षको उमेरमा निधन भएको हो ।

विगत केही दिनदेखि उनको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कोरोना संक्रमणका कारण अर्यालको फोक्सोमा गम्भीर क्षति पुगेको चिकित्सकहरुले जानकारी दिएका थिए ।

याे पनि पढ्नुस  नयाँ दिल्लीका विद्यालय ३१ अक्टोबरसम्म बन्द

अर्यालका निधनले नेपालको मार्क्सवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।

यसबीच दिवंगत अर्यालका श्रीमती विमला अर्याललाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । हाल उनको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । परिवार निकट स्रोतले जानकारी दिएअनुसार उनको अवस्था सामान्य रहेको छ ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ४ निर्णय (सूचीसहित)

कमेन्ट गर्नुहोस्