टी-२० सिरिज : वेष्ट इण्डिजविरुद्ध न्यूजिल्याण्ड विजयी

काठमाडौं  : वेष्ट इण्डिज विरुद्धको टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।

वेष्ट इण्डिजले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि जिमी नीशमले अविजित ४८, डेवन कन्वेले ४१, मिचेल सान्टनरले ३१, ग्लेन फिलिप्सले २२, टिम सेफर्टले १७ रन बनाए ।

याे पनि पढ्नुस  दोस्रो खेलमा बाबर–अफिजको शानदार अर्धशतक, पाकिस्तानले जित्यो टी–२० सिरिज

बलिङमा ओसेन थोमसले २, किरण पोलार्ड र सेल्डन कोट्रेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इण्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो । वर्षाका कारण खेल १६ ओभरमा झारिएको थियो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः ‘निर्णायक’ म्याचमा दक्षिण अफ्रिकाले टस जित्यो

वेष्ट इण्डिजका लागि कप्तान किरण पोलार्डले शानदार ब्याटिङ गरे । उनले ३७ बलमा ८ छक्का र ४ चौकासहित अविजित ७५ रन बनाए ।

आन्द्रे फ्लेचरले ३४, फाबियन आलेनले ३० र ब्रेण्डन किंगले १३ रनको योगदान दिए । बाँकी खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  टी–२० सिरिजः ‘सुपर ओभर’मा आज पनि भारत विजयी

बलिङमा लकी फर्गुसनले चार ओभरमा २१ रन दिएर ५ विकेट लिए । फर्गुसनको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो । यसअघि टी-२० अन्तर्राष्ट्रियमा उनको उच्च प्रदर्शन २१ रन दिएर ३ विकेट लिनु थियो ।

 

कमेन्ट गर्नुहोस्