काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको दोस्रो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ ।
उनी बुधबार कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा थिए ।
दोस्रो पटक पीसीआर गर्दा कोरोना नेगटिभ देखिएको कप्तान मल्लले बताएका छन् । उनले आफूमा कोरोनाका कुनै पनि लक्षणसमेत नरहेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
मंगलबार गरिएको पीसीआर परीक्षणमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई पनि कोरोना देखिएको थियो ।
कोरोना पुष्टिपछि तीनै जना अहिले होम आइसोलसनमा बसिरहेका छन् ।
साथै, टिमका अनुभवी स्पिनर बसन्त रेग्मी पनि संक्रमित छन् । उनी नेपाल क्रिकेट संघ (क्यान)ले सबै खेलाडीको पीसीआर गर्नुपूर्व नै संक्रमित भएको बताइएको छ ।