काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ । बैठक दिउँसो १ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको हो ।
आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।
गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर ३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका पेस गर्ने भन्दै १० दिनको समय माग गरेका थिए ।
यसअघिको बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बेलाउने निर्णय गरिसकेको छ ।
सम्बन्धित समाचारः
१५ बुँदामा पढ्नुस् प्रचण्डको राजनीतिक प्रस्ताव
आज ओलीले ‘जवाफी प्रस्ताव’ पेश गर्ने, दृष्टिकोणमैं भिन्नता, सहमति जुटने सम्भावना न्यून
प्रचण्डले एक वर्ष अघि नै भनेका थिएः मलाई हेगको धम्की नदिए हुन्छ (भिडियो)