काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
शनिबार दिउँसो सवा १ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको बैठक केहीबेरअघि सकिएको हो ।
आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रस्ताव सबै सचिवालयका सदस्यलाई बाँडिएको उनले जानकारी दिए ।
बैठकमा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल र वामदेव गौतम बोलेका थिए । सबैले पार्टी एकतामा जोड दिएका थिए ।
अर्को बैठक अब मंसिर १६ गते दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा ओली र प्रचण्डले पेस गरेका प्रस्तावबारे छलफल गरिने श्रेष्ठले जानकारी दिए ।
गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर ३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका पेस गर्ने भन्दै १० दिनको समय माग गरेका थिए । त्यसपछि आज बैठक बसेको थियो ।
यसअघिको बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बेलाउने निर्णय गरिसकेको छ ।
१५ बुँदामा पढ्नुस् प्रचण्डको राजनीतिक प्रस्ताव
आज ओलीले ‘जवाफी प्रस्ताव’ पेश गर्ने, दृष्टिकोणमैं भिन्नता, सहमति जुटने सम्भावना न्यून
प्रचण्डले एक वर्ष अघि नै भनेका थिएः मलाई हेगको धम्की नदिए हुन्छ (भिडियो)