काठमाडौंः नेपालमा थप १३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
शनिबार ५१५ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ ।
पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या१४५४ पुगेको छ ।