२ किशोरी बलात्कार गरेको अभियोगमा ६ जना कारागार चलान

धनगढी : कैलालीमा दुई किशोरीमाथि जर्बजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका-५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

याे पनि पढ्नुस  आफ्नी छोरीलाई पटक पटक बलात्कार गर्ने बाबुलाई जन्मकैदकाे सजाय

गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत कैलालीको आदेशले पुर्पक्षका लागि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमै बलात्कार प्रकरणः के हो वास्तविकता ?

उनका अनुसार ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जना बाल सुधार गृह पठाइएको छ । बलात्कार आरोपी एक जना अझै फरार रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्