अस्पताल पुगेर प्रचण्डले लिए नेता पन्तको स्वास्थ्यबारे जानकारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

आज अपरान्ह काठमाडौं मोडेल अस्पतालमा पुगेर प्रचण्डले पन्तलाई भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।

भेटमा प्रचण्डले पूर्वमन्त्रीसमेत रहेका पन्तलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पेटसम्बन्धी समस्याका कारण पन्त बिहीबार अस्पताल भर्ना भएका हुन् ।

पन्तको अवस्था सामान्य रहेको र एक साता अस्पतालमै आराम गर्न उनलाई चिकित्सकले सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्