विप्लवलाई गोकुल बाँस्कोटाको आग्रह : तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुपर्‍यो

काठमाडौं  : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) को ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विप्लवले दाबी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।

याे पनि पढ्नुस  एनसेलको मुद्दा उल्टाएको भन्दै विप्लव नेकपाद्वारा न्यायाधीशको पुत्ला दहन

‘ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुप र्‍यो,’ उनले भने । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए । ‘चन्द कमरेड तपाईँका नेता कार्यकर्तालाई तपाईँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाईँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,’ उनले दोहोर्‍याए ।

याे पनि पढ्नुस  बाँस्कोटाले कर्मचारीमाथि प्रयोग गरेका अश्लिल शब्दहरूप्रति ट्रेड युनियनको आपत्ति

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रूपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो । नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा थियो ।

बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताए । उनले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए ।

याे पनि पढ्नुस  विप्लवका दुई कार्यकर्ता दाङबाट पक्राउ

कमेन्ट गर्नुहोस्