७ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

सप्तरी : सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

याे पनि पढ्नुस  गर्भ एउटाको, विवाह अर्कोसँगै भएपछि ....

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएको प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका-५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुर्व्यवहार गरेको बताए ।

कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  वडाध्यक्ष नै बलात्कार आरोपमा पक्राउ !

वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । गाउँमा बसेको पञ्चायतले उतिबेला ६ सय जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भने, ‘त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घटना भयो ।’

याे पनि पढ्नुस  साइबाबाद्वारा किशोरी बलात्कृत !

कमेन्ट गर्नुहोस्