काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत वागमती प्रदेशबाहेक अन्य प्रदेशका कुल ६ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।
प्रदेश-१ अन्तर्गत राजेन्द्र राउत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद साहको शून्य मत आएको छ ।
गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत ल्याए । त्यस्तै, लुम्बिनी प्रदेशबाट जमसेद मियाँ १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमराज बञ्जाडेले ९ मत ल्याए ।
कर्णाली प्रदेशबाट लालीमान बुढा ७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३ मत ल्याए । सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ मत ल्याए ।