ठूलो दुर्घटनाबाट बच्यो कैलाश एयर

काठमाडौंः नुवाकोटमा कैलाश एयरको हेलिकप्टर चिलसँग ठोक्किएको छ र ठूलो दुर्घटनाबाट बचेको छ ।

बागलुङबाट काठमाडौं आउँदै गरेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टर चिलसँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेका छन् ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेको र एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।

याे पनि पढ्नुस  कन्टेनर दुर्घटनामा २ को मृत्यु, २ गम्भीर घाइते

आकाशमा उडिरहेको हेलिकोप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

कमेन्ट गर्नुहोस्